हङकङमा नयाँ वर्ष उत्सव : चार वर्षपछि बौरिँदै छ भिक्टोरिया हार्बर

हङकङमा नयाँ वर्ष उत्सव : चार वर्षपछि बौरिँदै छ भिक्टोरिया हार्बर

सन् २०१९ को नयाँ वर्ष–उत्सवमा भिक्टोरिया हार्बरमा गरिएको आतिशबाजी (एससीएमपी)


नेपालखबर
माघ १२, २०८० शुक्रबार १५:३७, हङकङ

नजिकिँदै गरेको चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)मा चार वर्षको अन्तरालपछि हङकङको आकाश आतिशबाजीले रंगिने भएको छ।

यसअघि अन्तिम पटक सन् २०१९ को नयाँ वर्षमा दिल खोलेर आतिशबाजी प्रदर्शन गरिएको थियो।

त्यसपछिका वर्षमा कोभिड–१९ का कारण यस्तो प्रदर्शनीलाई अवरोध गर्‍यो।

यस पटक भने यी सबै अवरोधबाट बाहिर निस्केर भिक्टोरिया हार्बरमा २३ हजार ८ सय ८८ आतिशबाजी गोला प्रदर्शन गर्न लागिएको हो।

नयाँ वर्षको उक्त उत्सवमा गोल्ड इन्गट्स, ड्रागन एग र अन्य चम्किला प्रदर्शनद्वारा भिक्टोरिया हार्बरलाई उज्यालो पारिने भएको छ।

प्रदर्शनीको आयोजक हङकङ सेलिबे्रसन एसोसिएसनलाई उद्धृत गर्दै एससीएमपी लेख्छ, ‘भिक्टोरिया हार्बरमा तीन वटा बार्जले २३ हजार ८ सय ८८ आतिशबाजी गोला प्रहार गर्नेछन्।’

२३ मिनेटको शो भिक्टोरिया हार्बरको ८५० मिटर क्षेत्रफलमा फैलिनेछ। कार्यक्रममा चिनियाँ संस्कृतिका आठ प्रदर्शनी समेत हुनेछन्।

आयोजक संस्थाका अध्यक्ष तामकाम काउलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘आतिशबाजी प्रदर्शनले चार वर्षपछि फेरि भिक्टोरिया हार्बरको रात्रीकालीन आकाशलाई उज्यालो बनाउनेछ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .