हङकङमा चार्ज गरिरहेको गाडी जल्यो

हङकङमा चार्ज गरिरहेको गाडी जल्यो

नेपालखबर
माघ १२, २०८० शुक्रबार १८:४०, हङकङ

हङकङको काउलुन बेस्थित चार्जिङ स्टेसनमा चार्ज गरिरहेको गाडी जलेको छ।

काउलुन बेको लामहिङ स्ट्रिटमा रहेको चार्जिङ स्टेसनमा गाडी चार्ज गरिरहेको बेला अचानक चार्जिक पोइन्टमा आगो लाग्यो र विस्फोटको आवाज सुनियो।

घटना बिहीबारको हो। पड्केको आवाजसहित गाडी जल्न थालेपछि चार्जमा राखेर बसिरहेकी महिलाले तुरुन्तै प्रहरीलाई खबर गरेकी थिइन्।

घटनास्थलमा अग्निनियन्त्रक पुगी आगो निभाएका थिए।

चार्जिङको क्रममा जलेको गाडी (द स्ट्यान्डर्ड)

दुर्घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन।

चार्जिङ युनिटभित्र विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने अग्निनियन्त्रकको प्रारम्भिक अनुसन्धानले देखाएको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरमा सेतो सेडानको चेसिसमुनि आगो बलेको देखिन्छ भने अर्को तस्बिरमा गाडीको अगाडिको भाग जलेको देखिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .