हङकङको एक फ्ल्याटमा आगलागी : एकको मृत्यु, २ सय जना विस्थापित

हङकङको एक फ्ल्याटमा आगलागी : एकको मृत्यु, २ सय जना विस्थापित

केनेडी टाउनको एक फ्ल्याटमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ (ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
माघ १५, २०८० सोमबार ११:३४, हङकङ

हङकङको केनेडी टाउनस्थित एक फ्ल्याटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। त्यस्तै, आगलागीबाट प्रभावित दुई सय जनालाई त्यहाँबाट बाहिर निकालिएको छ।

आगलागी भएको फ्ल्याटको झ्यालबाट आगो र धुवाँ निस्किरहेको तस्बिरमा देख्न सकिन्छ।

आगलागी भएको फ्ल्याटमा कोइलाको चुलोसहित ७० वर्षीय वृद्धको शव भेटिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

प्रहरीलाई आइतबार साँझ साढे ७ बजे केनेडी टाउनमा आगलागी भएको रिपोर्ट प्राप्त भएको थियो।

खबर पाएपछि घटनास्थल पुगेका अग्निनियन्त्रकले पानीको जेट प्रयोग गरेर आगो निभाएका थिए।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .