हङकङ : लागूऔषध तथा यौन व्यवसायमा संलग्न भएको आरोपमा ३ सय ४७ जना पक्राउ

हङकङ : लागूऔषध तथा यौन व्यवसायमा संलग्न भएको आरोपमा ३ सय ४७ जना पक्राउ

तीन दिने सर्च अभियानमा झन्डै साढे तीन सय पक्राउ परेका छन् (ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
माघ १५, २०८० सोमबार १८:२६, हङकङ

हङकङ प्रहरीले लागूऔषध, यौन व्यवसाय, जुवा लगायतका गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ४७ जनालाई पक्राउ गरेको छ।

प्रहरीले शुक्रबारदेखि आइतबारसम्म सहरव्यापी गरेको सर्च अभियानमा उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

प्रहरी, अध्यागमन र दमकलको संयुक्त कारबाहीमा २५२ मनोरञ्जन स्थल र अवैध कारोबार भएका ठाउँमा छापा मारेको थियो।

पक्राउ पर्नेहरूमा २५२ स्थानीय, १३ मुख्यभूमिवासी, तीन जना अवैध आप्रवासी लगायत रहेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .