हङकङ : २०१९ को सरकारविरोधी प्रदर्शनका एक दोषीलाई ५ वर्षको जेल सजाय

हङकङ : २०१९ को सरकारविरोधी प्रदर्शनका एक दोषीलाई ५ वर्षको जेल सजाय

फाइल तस्बिर (द स्ट्यान्डर्ड)


नेपालखबर
माघ १६, २०८० मंगलबार १२:७, हङकङ

हङकङमा सन् २०१९ मा भएको सरकारविरोधी आन्दोलनमा विस्फोटक पदार्थ प्रयोग गरी अशान्ति निम्त्याउन खोजेको आरोपमा पक्राउ परेका एक आरोपीलाई ५ वर्ष १ महिनाको जेल सजाय सुनाइएको छ।

सन् २०२० मा मुख्यभूमिको जलमार्ग हुँदै ताइवान भाग्दै गर्दा पक्राउ परेका १२ जनामध्ये एक जनालाई मंगलबार हङकङको एक अदालतले उक्त सजाय सुनाएको हो।

स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार उनी विस्फोटक पदार्थ बनाउने, राख्ने तथा न्यायको बाटो बिराएको आरोपमा दोषी ठहर भएका हुन्।

उनले अदालतसामु आफ्नो फ्ल्याटमा पाइप बम लगायत अन्य सामग्री भन्डार गरेको स्वीकार गरिसकेका छन्। जुन उनीहरूले विरोध कार्यक्रममा प्रयोग गर्ने योजना बनाएका थिए।

आरोपितलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने सुपुर्दगी कानुनको विरोधमा हङकङमा सन् २०१९ मा विशाल प्रदर्शन भएको थियो।

प्रस्तावित कानुनको विरोधमा स्वतन्त्र हङकङ पक्षधर सांसदहरूको आह्वानमा विरोध प्रदर्शन भएको हो। प्रदर्शन महिनौँसम्म चलेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .