चिनियाँ नयाँ वर्षमा कस्तो रहनेछ हङकङको मौसम?

चिनियाँ नयाँ वर्षमा कस्तो रहनेछ हङकङको मौसम?

चिमसा चोइमा पैदलयात्री (एससीएमपी)


नेपालखबर
माघ १६, २०८० मंगलबार १६:१५, हङकङ

यतिखेर हङकङको तापक्रम २० डिग्री आसपास छ। अब्जर्भेटरीले मंगलबार साँझ ६:१० बजेको तापक्रम १८.९ डिग्री सेल्सियस र सापेक्षिक आद्रता ९१ प्रतिशत रेकर्ड गरेको छ।

मौसमविद्का अनुसार आगामी केही दिन तापक्रम बढ्दै जानेछ। अब्जर्भेटरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा लेखिएअनुसार आगामी बिहीबार र शुक्रबार तापमान २४ डिग्री सेल्सियससम्म पुग्नेछ।

तर, नजिँकिदै गरेको चिनियाँ नयाँ वर्ष (लुनार न्यु इयर)को समयमा भने तापक्रम घट्नेछ।

उत्तरपूर्वी मनसुन नजिक आउँदा त्यतिखेर तुलनात्मक रूपमा तापक्रम चिसो बन्नेछ। नयाँ वर्षको बिदाका दिनहरूमा तापक्रम १४ डिग्री सेल्सियसको आसपास पुग्ने अनुमान अब्जर्भेटरीले गरेको छ।

अब्जर्भेटरीको नौ दिनको मौसम पूर्वानुमानअनुसार आगामी बिहीबारदेखि मंगलबारसम्म तापक्रम २४ डिग्रीसम्म पुग्नेछ भने बिहान र बेलुका बदलीसँग तटीय क्षेत्रमा हल्का वर्षा हुन सक्छ।

तर, उत्तरपूर्वी मनसुनको प्रभावका कारण अर्को साताको बिहीबारदेखि भने न्यूनतम तापक्रम १४ डिग्रीमा झर्नेछ।

मौसम पूर्वानुमानकर्ताको रिपोर्टले लुनार न्यु इयरको पूर्वसन्ध्यामा तापक्रम १२ डिग्रीसम्म झर्ने सम्भावना ४० प्रतिशत र नयाँ वर्षको पहिलो दुई दिन १२ डिग्रीभन्दा तल झर्ने सम्भावना २० देखि ४० प्रतिशत रहेको देखाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .