हङकङ डिज्नील्यान्डमा रोलर कोस्टर बिग्रिँदा फसेका १२ जनाको सकुशल उद्धार

हङकङ डिज्नील्यान्डमा रोलर कोस्टर बिग्रिँदा फसेका १२ जनाको सकुशल उद्धार

तस्बिर : द स्ट्यान्डर्ड


नेपालखबर
माघ २४, २०८० बुधबार १४:५४, हङकङ

हङकङको लान्ताउ आइल्यान्डमा अवस्थित हङकङ डिजिल्यान्डमा रोलर कोस्टर बिग्रिएपछि फसेका १२ जनाको सकुशल उद्धार भएको छ।

स्थानीय सञ्चारमाध्यममले जनाए अनुसार बुधबार दिउँसो सवा ३ बजे मध्य उचाइमा पुगेपछि रोलर कोस्टरमा अचानक खराबी आएको थियो।

रोलर कोस्टर एक प्रकारको मनोरञ्जक सवारी हो। त्यसबखत कोस्टरमा १२ यात्रु रहेको र समस्याग्रस्त कोस्टर ‘टु कार स्पेस माउन्टेन राइड’ भएको समाचारमा उल्लेख छ।

कोस्टरमा खराबी आएपछि तुरुन्तै प्रहरीलाई खबर गरिएको थियो। खबरपश्चात् घटनास्थलमा प्रहरी र दमकलका कर्मचारी पुगेका थिए।

घटनामा कुनै मानवीय क्षति नभएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .