हङकङको चुनवानमा लागूऔषध ओसारपसारको आरोपमा एक व्यक्ति पक्राउ

हङकङको चुनवानमा लागूऔषध ओसारपसारको आरोपमा एक व्यक्ति पक्राउ

अपरेसनका क्रममा शंकास्पद गाडी देखिएपछि प्रहरीले खानतलासी गरेको थियो (द स्ट्यान्डर्ड)


नेपालखबर
माघ २५, २०८० बिहिबार १२:९, हङकङ

बिहीबार बिहान हङकङको चुनवानमा लागूऔषध ओसारपसारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

न्यु टेरिटोरिज साउथ पुलिसले बिहान करिब २ बजे १२ हजार हङकङ डलर बराबरको लागूऔषधसहित पक्राउ गरेको हो।

होपुइ स्ट्रिटमा गरिएको लागूऔषध विरोधी अपरेसनका क्रममा शंकास्पद गाडी पार्किङ गरिएको भेट्टाइएको र खानतलासी गर्ने क्रममा क्रिस्टल मेथ र कोकिन सहित एक व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ।

युएन उपनामका २३ वर्षीय ती युवकको साथबाट १० ग्राम कोकिन र ९ ग्राम क्रिस्टल मेथ बरामद भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

उनलाई खतरनाक लागूऔषध ओसारपसार गरेको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .