रुसमा सम्पत्ति बिक्री गरेपछि ‘डिलिस्टिङ’को संघारमा हङकङका २ कम्पनी, सेयर कारोबार रोक्का

रुसमा सम्पत्ति बिक्री गरेपछि ‘डिलिस्टिङ’को संघारमा हङकङका २ कम्पनी, सेयर कारोबार रोक्का

मकाउका चर्चित क्यासिनो बादशाह अल्विन चाउ चिओक (ब्लुमबर्ग)


नेपालखबर
फागुन ३, २०८० बिहिबार १७:६, काठमाडौँ

हङकङको धितोपत्र नियामक एसएफसीले जेल परेका मकाउका चर्चित क्यासिनो बादशाह अल्विन चाउ चिओक पूर्वप्रमुख रहेका दुई कम्पनीलाई सूचीकरणबाट हटाउने चेतावनी दिएको छ। 

रुसमा ११ करोड ६० लाख अमेरिकी डलरबराबरको सम्पत्ति बिक्री गरेकोमा ध्यानाकर्षण जनाउँदै नियामकबाट यस्तो चेतावनी आएको हो। 

एससीएमपीका अनुसार योसँगै एलईटी ग्रुप होल्डिंग्स एन्ड समिट एस्केन्ट होल्डिंग्सले सेयरसदस्यको स्वीकृति चाहिने नियम उल्लंघन गरेको भन्दै सेक्युरिटिज एन्ड फ्युचर कमिसन (एसएफसी)ले दुवैको सेयर कारोबार रोकिदिएको छ। 

एसएफसीले दुवै कम्पनीलाई यसबारे सुल्झाउन भने पनि कम्पनीहरुले केही प्रतिक्रिया जनाएका छैनन्। उक्त सम्पत्ति बिक्रीसँगै हङकङमा सूचीकरणमा रहिरहन ती दुवै कम्पनीसँग पर्याप्त सम्पत्ति नहुने बताइएको छ। एसएफसीले कम्पनीहरुको कार्यशैली र व्यवहारमा चर्को असन्तुष्टि जनाएको छ। 

एलईटी ग्रुप चाउको क्यासिनो साम्राज्य मानिने सनसिटी ग्रुपकै एक अंगका रुपमा थियो। सन् २०२२ मा यसको एन्ड्रु लोका रुपमा रि–ब्रान्ड गरिएको थियो। समिट एस्केन्टमा यसको ७० प्रतिशत सेयर रहेको थियो। 

चाउ र उनको सनसिटी ग्रुपले मकाउको ठूलो खर्चालु जुवा खेल्ने व्यवसाय चलाएको थियो। जहाँ मूलभूमि चीनबाट धनाढ्यहरुलाई आकर्षित हुने गरेका थिए। बेइजिङले पुँजी प्रवाह अत्यधिक हुनथालेपछि ध्यानाकर्षण जनाउँदै नियमनमा कडाइ थालेपछि यो क्षेत्र धर्मराएको थियो। 

खासगरी सम्भावित सम्पत्ति शुद्धीकरणमा बेइजिङले अनुसन्धान गरेको थियो। चाउ अहिले १८ वर्षे जेलजीवन बिताइरहेका छन्। उनी अवैध जुवा खेलाउन र धोखाधडीमा अपराधी करार भएका थिए। 

पछि एलईटी ग्रुपले चाउसँगको सम्बन्ध तोडेपछि कम्पनीको व्यवसाय खस्किँदै गएको छ। सेयरबजारमा कारोबार निलम्बन हुनुअघि कम्पनीको सेयर कीर्तिमानी तल्लोस्तरमा कारोबार भइरहेको थियो। त्योसँगै कम्पनीले भियतनामको हइयाना रिसोर्टको व्यवस्थापनमा आफ्नो संलग्नता पनि छोडेको थियो। 

एसएफसीले रुसमा बेचिएको भनिएको सम्पत्तिबारेको पूर्ण विवरण खोलिसकेको छैन।  

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .