जीएनआरएनए हङकङले गर्‍यो पहिलो अधिवेशन, अध्यक्षमा पूर्णबहादुर राना

जीएनआरएनए हङकङले गर्‍यो पहिलो अधिवेशन, अध्यक्षमा पूर्णबहादुर राना

नवनिर्वाचित अध्यक्ष पूर्णबहादुर राना


नेपालखबर
फागुन २७, २०८० आइतबार १६:३६, हङकङ

विश्वव्यापी गैरआवासीय नेपाली संघ (जीएनआरएनए) हङकङले आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ।

अधिवेशनले पूर्णबहादुर रानाको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ। राना गुल्मीका हुन्।

यस्तै, समितिको उपाध्यक्षद्वयमा सुस्मिता मल्ल र आकाश बन्जारा रहेका छन् भने महासचिवमा सागर थापा, सचिवमा खेडुप लामा तथा कोषाध्यक्षमा ज्ञान गुरुङ चयन भएका छन्।

त्यसैगरी, अन्जना राई युवा संयोजक र विव्य गुरुङ महिला संयोजक चुनिएका छन्।

सदस्यहरूमा, दिपेन गुरुङ, अस्मी गुरुङ, करिश्मा राई, संगीता घले, निर्मल गुरुङ र क्रान्ति राना चयन भएका छन्।

जीएनआरएनए हङकङको अधिवेशनमा डा. शेष घले लगायतका सहभागी

चिमसा चोइ इस्टस्थित रेगल काउलुन होटलमा भएको कार्यक्रममा हङकङका लागि नेपाली महावाणिज्यदूत डा. उदयबहादुर रानामगर प्रमुख अतिथि र
गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष डा. शेष घले (अस्ट्रेलिया) विशेष अतिथि रहेका थिए।

त्यस्तै अतिथिहरूमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद् (आईसीसी) का उपाध्यक्षद्वय थर्क सेन (युके) र भोमा लिम्बू (अस्ट्रेलिया), आईसीसी ब्रान्ड एम्बासडर दिपेश खत्री (जर्मन), हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ लगायतको उपस्थिति रहेको थियो।

त्रिलोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रम अस्मी गुरुङले सञ्चालन गरेकी थिइन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .