हङकङमा भूकम्पको धक्का महसुस

हङकङमा भूकम्पको धक्का महसुस

लान्ताउको फाइल तस्बिर (सामाजिक सञ्जाल)


नेपालखबर
फागुन २८, २०८० सोमबार १३:३२, हङकङ

हङकङको लान्ताउ टापुमा सोमबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ।

भूकम्प गएको अब्जर्भेटरीले पनि पुष्टि गरिसकेको छ। अब्जर्भेटरीका अनुसार दिउँसो १ बजेर २२ मिनेट जाँदा २.० म्याग्निच्युडको भूकम्प गएको हो।

कमजोर भूकम्पका कारण धेरै मानिसले यसको महसुस नगरे पनि लान्ताउका स्थानीयले केही सेकेन्डसम्म हल्का धक्काको महसुस गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

लान्ताउ टापुमा केन्द्रबिन्दु भएर गएको भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको अब्जर्भेटरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .