हङकङपछि मकाउ पुगेर शेष घलेले सुनाए व्यावसायिक संघर्षका ती दिन (भिडिओ)

हङकङपछि मकाउ पुगेर शेष घलेले सुनाए व्यावसायिक संघर्षका ती दिन (भिडिओ)

नेपालखबर
फागुन २८, २०८० सोमबार १८:१५, हङकङ

विश्वव्यापी गैरआवासीय नेपाली संघ (जीएनआरएनए) मकाउले आज (सोमबार) अन्तरक्रिया कार्यक्रम गरेको छ।

कार्यक्रमको मुख्य आकर्षण एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घले रहे। डा. घलेको उपस्थितिमा जीएनआरएनए हङकङले पनि हिजै मात्र आफ्नो प्रथम अधिवेशन सम्पन्न गरिसकेको छ।

‘स्वागत एवं अन्तरक्रिया : गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा पूर्वप्रमुख संरक्षक डा. शेष घले’ नाम दिइएको आजको कार्यक्रममा डा. घलेका साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का पूर्व सल्लाहकार त्रिलोक गुरुङ, उपाध्यक्षद्वय भोमा लिम्बू र थर्क सेनको विशेष अतिथिका रूपमा उपस्थिति रहेको थियो।

कार्यक्रममा मकाउ तामाङ घेदुङका अध्यक्ष एवं जीएनआरएनए मकाउका सदस्य कलबहादुर तामाङले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने जीएनआरएनए मकाउको गतिविधिका बारेमा संस्थाका अध्यक्ष सन्तोष गुरुले अतिथिहरूलाई अवगत गराएका थिए।

द प्लाजा रेस्टुरेन्टमा सम्पन्न भएको कार्यक्रमलाई पूर्ण गुरुङले सञ्चालन गरेका थिए।

कार्यक्रममा बोल्दै डा. शेष घलेले आफूले विदेश आएर सुरुमा हाउस किपिङको काम गरेको स्मरण गर्दै काम जे गरे पनि लक्ष्यमा हिँड्न सके आफूले सफलता पाउनुका साथै देशका लागि पनि योगदान गर्न सकिने बताए।

‘मैले डिस वासिङको काम गर्दाखेरी सधैँभरि यही काम गर्छु भन्नेमा थिइनँ,’ डा. घले भन्छन्, ‘मैले केही गर्नुपर्छ। मेरो मुख्य काम र मेरो पुग्ने ठाउँ अर्कै हो भन्ने ममा थियो।’

आफू लक्ष्यका लागि निरन्तर लागिपरेको उनले बताए।

सिकाइ कहिल्यै पूर्ण नहुने र मकाउका युवालाई पनि मेरो यही नै अन्तिम लक्ष्य हो, १० वर्ष यही काम गर्छु भन्ने नसोच्न घलेको सुझाव छ।

विदेशमा रहँदा सिकेको सिप नेपाल लगेर उपयोग गर्न पनि उनले सुझाए।

भिडिओ-

त्यस्तै, अन्य अतिथिहरू त्रिलोक गुरुङ, भोमा लिम्बू, तथा थर्क सेनले पनि आ-आफ्ना अनुभव सुनाएका थिए।

मकाउको कार्यक्रम सकेर यतिखेर डा. घले हङकङ पुगिसेकका छन्। हङकङमा लमजुङ सेवा समिति हङकङले आजै बेलुकी आठ बजे ब्लु ओसन रेस्टुरेन्ट, जोर्डनमा डा. घलेसँग भेटघाट कार्यक्रम गर्दैछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .