हङकङ : ‘फिसिङ बोट’मा आगलागी हुँदा एकको अवस्था गम्भीर, पर्यटकले भाडामा लगेका थिए डुङ्गा

हङकङ : ‘फिसिङ बोट’मा आगलागी हुँदा एकको अवस्था गम्भीर, पर्यटकले भाडामा लगेका थिए डुङ्गा

आगलागीबाट दुई वटा डुङ्गा र एउटा साइकल जलेका छन् (द स्ट्यान्डर्ड)


नेपालखबर
चैत २, २०८० शुक्रबार ११:१८, हङकङ

हङकङको चुनमुनमा रहेको माछा फार्ममा आगलागी हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्।

आज (शुक्रबार) बिहान करिब साढे ६ बजे ताइलाम चुङ बारबिक्यू ग्राउन्डको छेउमा रहेको माछा फार्मममा आगलागी भएको हो।

आगलागीबाट वाटर जेनेरेटरसहितको फिस राफ्ट, दुई वटा डुङ्गा र एउटा साइकलमा क्षति पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दमकलको सहायतामा आगोलाई नियन्त्रणमा लिइएको थियो।

आगलागीमा जलेका व्यक्तिको अनुहार र हातखुट्टामा चोट पुगेको छ। उनलाई अर्धचेत अवस्थामा चुनमुन अस्पताल लगिएको थियो। उनी डुङ्गाको मालिक भएको आशंका गरिएको छ।

आगलागीबाट घटनास्थल नजिकै रहेको सुरक्षा क्यामेरामा पनि क्षति पुगेको बताइएको छ।

घटनाको बारेमा यकिन विवरण नआइपुगे पनि जलेको डुङ्गा पर्यटकलाई ‘फिसिङ’को लागि भाडामा दिइएको बुझिएको छ।

प्रहरीले यसको विस्तृत अध्ययन गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .