हङकङको एक अस्पतालले गर्‍यो यस्तो गम्भीर त्रुटि : अर्कैको रिपोर्ट हेरेर सद्दे पाठेघर निकालियो

हङकङको एक अस्पतालले गर्‍यो यस्तो गम्भीर त्रुटि : अर्कैको रिपोर्ट हेरेर सद्दे पाठेघर निकालियो

महिलाको युनलङस्थित पोकओइ अस्पतालमा शल्यक्रिया गरिएको थियो (एससीएमपी)


नेपालखबर
चैत २, २०८० शुक्रबार १८:५, हङकङ

हङकङको पोकओइ हस्पिटलले पाठेघरमा कुनै समस्या नै नभएकी महिलाको शल्यक्रिया गरी पाठेघर निकालिदिएको छ।

अस्पतालले शुक्रबार जानकारी गराएअनुसार उक्त महिला र अर्की क्यान्सर पुष्टि भएकी महिलाको बायोप्सी नमूना मिसिन पुग्दा यस्तो गम्भीर गल्ती हुन पुगेको हो।

अस्पतालका अनुसार पीडित महिला र अर्की क्यान्सर रोगी महिलाको नमूना संकलन गर्दा जम्मा आधा घण्टाको फरक रहेको थियो, जुन असावधानीवस मिसिन पुग्यो।

यस सम्बन्धमा अस्पतालले माफी पनि मागिसकेको छ भने विस्तृत कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने जनाएको छ।

खासमा ती महिलाको फेब्रुअरी २६ मा शल्यक्रिया भएको थियो। यसपछि नियमित प्रक्रियाका क्रममा गरिएका परीक्षणमा क्यान्सरका कोषिकाहरू नदेखिएपछि सीसीटीभी फुटेजबाट जाँच गर्दा अर्कै बिरामीको रिपोर्ट मिसिएको निष्कर्षमा अस्पताल पुगेको हो। बिहीबार यो निष्कर्षमा पुगेको अस्पतालले शुक्रबार सार्वजनिक रूपमा माफी माग्दै अवगत गराएको हो।

वस्तुस्थितिबारे अवगत गराउँदै अस्पतालका अधिकारी (द स्ट्यान्डर्ड)

महिलाको अवस्थालाई एक मेडिकल टोलीले फलोअप गर्ने अस्पतालले जनाएको छ।

स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख भएअनुसार गलत रिपोर्टका आधारमा अस्पतालले महिलाको पाठेघर, अन्डाशय र ओभिडक्ट निकालिदिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .