हङकङको एक स्विमिङ पुलमा मलमूत्र भेटिएपछि...

हङकङको एक स्विमिङ पुलमा मलमूत्र भेटिएपछि...

स्विमिङ पुलको फाइल तस्बिर (द स्ट्यान्डर्ड)


नेपालखबर
चैत ४, २०८० आइतबार १४:३, हङकङ

आइतबार हङकङको चुनमुन नर्थवेस्ट स्विमिङ पुलमा मलमूत्र भेटिएपछि अस्थायी रूपमा बन्द गरिएको छ।

स्थानीय मिडिया आउटले जनाएअनुसार मलमूत्र भेटिएपछि लिजर एन्ड कल्चरल सर्भिस डिपार्टमेन्ट (सांस्कृतिक सेवा विभाग)ले पोखरी खाली गराई कीटाणुरहित बनाएको थियो।

विभागले पुलमा सुपरक्लोरिनेसन गरेको बताएको छ। रेसिड्युल क्लोरिनको मात्रा सामान्यमा फर्किएपछि सम्भवतः आजै साँझदेखि पुल सुचारु हुने जनाइएको छ।

यसका साथै, स्विमिङ पुलमा यस्तो हर्कत नगर्न पनि विभागले पौडी खेल्नेहरूलाई आग्रह गरेको छ।

पौडी खेल्दा शौच गर्नुपर्ने भएमा बाहिर निस्केर शौचालय प्रयोग गर्न विभागले आग्रह गरेको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .