यस हप्ता हङकङमा २० ठूला कम्पनी विस्तार हुँदै, १३ हजार रोजगारी सिर्जना

यस हप्ता हङकङमा २० ठूला कम्पनी विस्तार हुँदै, १३ हजार रोजगारी सिर्जना

वित्तीय सचिव चानका अनुसार यो हप्ता हङकङमा २० कम्पनीले शाखा विस्तार गर्ने र १३ हजार रोजगारी सिर्जना हुनेछन् (एससीएमपी)


नेपालखबर
चैत ४, २०८० आइतबार १६:२२, हङकङ

यस हप्ता हङकङमा २० ठूला कम्पनीले आफ्नो शाखा विस्तार गर्ने गर्ने भएका छन्। जसबाट १३ हजार रोजगारी सिर्जना हुने हङकङका वित्तीय सचिव पल चानले बताए।

आइतबार आफ्नो नियमित ब्लगमा लेख्दै सचिव चानले भनेका छन्, ‘गत अक्टोबरमा घोषणा गरेका ३० वटा कम्पनीमध्ये २० कम्पनी यसै हप्ता आउनेछन् र उनीहरूको उपस्थिति बढाउनेछन्।’

‘लगभग ५० कम्पनीको समूहले सहरमा ४० अर्ब हङकङ डलरभन्दा बढी लगानी गर्ने र त्यसबाट १३ हजारभन्दा बढी रोजगारी सिर्जना हुनेछन्,’ चानले भनेका छन्।

यी रोजगारी धेरैजसो वैज्ञानिक अनुसन्धान र व्यवस्थापनका पदमा हुने पनि चानले उल्लेख गरेका छन्।

यस्तै, हङकङ, मकाउ र मुख्यभूमिका नौ सहरलाई जोडेर आर्थिक तथा व्यापारिक पावरहाउस बनाउने बेइजिङको योजना रहेको पनि चानले बताएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .