हङकङमा मेस्सीको ‘नो शो’ : फिर्ता रकम आज घोषणा हुँदै, खुसी छन् त दर्शक?

हङकङमा मेस्सीको ‘नो शो’ : फिर्ता रकम आज घोषणा हुँदै, खुसी छन् त दर्शक?

नेपालखबर
चैत ५, २०८० सोमबार १४:२१, हङकङ

फेब्रुअरी ४ मा हङकङमा भएको खेलमा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी नखेलेपछि उत्पन्न विवादका कारण फिर्ता दिने भनिएको रकम आज घोषणा गरिने भएको छ।

उक्त खेलमा पूरै अवधि मेस्सी मैदान बाहिर रहेपछि दर्शकहरू रकम फिर्ताको माग गर्दै नाराबाजीमा उत्रेका थिए भने सर्वत्र असन्तुष्टि व्यक्त भएका थिए।

जसको दबाबस्वरुप आयोजक ट्याटलर एसियाले टिकटको ५० प्रतिशत रकम फिर्ता गर्ने बताएको थियो।

यसमध्ये पनि आधिकारिक च्यानलमार्फत खरिद गरिएका टिकटलाई मात्र रकम फिर्ता गरिने ट्याटलरले भनेको थियो। यो भनाइप्रति भने टिकट खरिदकर्ताहरू असन्तुष्ट देखिएका छन्।

‘उक्त खेलको टिकट खरिद गर्ने दर्शकमध्ये सांसद जोनी एनजीले फिर्ता व्यवस्थाको बारेमा आफूले कुनै प्रतिबद्धता नपाएको बताए,’ स्थानीय सञ्चारमाध्यम द स्ट्यान्डर्ड लेख्छ, ‘तेस्रो पक्षबाट टिकट खरिद गर्ने दर्शकलाई आयोजकले रकम फिर्ता गर्ने कि नगर्ने भन्नेमा उनको चिन्ता छ।’

खेल हेर्नकै लागि हङकङ आएका विदेशी फ्यानलाई पनि आयोजकले रकम फिर्ता गर्नुपर्ने सांसद जोनीको माग छ। मेस्सीको खेल हेर्नका लागि कतिपय दर्शकले ४ हजार ८ सय ८० हङकङ डलरसम्म टिकटमा खर्च गरेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .