यो वर्ष हङकङमा ८ पटकसम्म टाइफुन आउन सक्ने

यो वर्ष हङकङमा ८ पटकसम्म टाइफुन आउन सक्ने

आँधीको समयमा धुम्मिएको हङकङको मौसम (एससीएमपी )


नेपालखबर
चैत ८, २०८० बिहिबार १५:५५, हङकङ

सन् २०२४ मा हङकङमा पाँचदेखि आठ पटकसम्म टाइफुन आउन सक्ने हङकङ अब्जर्भेटरीले बताएको छ।

अब्जर्भेटरीले बिहीबार जानकारी गराएअनुसार यस वर्ष पनि पनि वर्षाको मात्रा सामान्य नै हुनेछ। २१ सयदेखि २७ सय मिलिमिटर वर्षा हुने अनुमान गरिएको छ।

अब्जर्भेटरीका निर्देशक चान पाकका अनुसार सतहको पानीको तापक्रम, जलवायु मोडल तथा अन्य वस्तुगत सूचक लगायतका कारकलाई ध्यानमा राखेर आगामी जुनदेखि अक्टोबर हङकङमा टाइफुनको मौसम हुने अनुमान गरिएको हो।

सहरको पाँच सय किलोमिटरभित्र आउने यी टाइफुन वर्षभरिमा पाँचदेखि आठ पटकसम्म आउने आँकलन गरिएको निर्देशक चानले बताए।

यसका साथै गम्भीर मौसमको बेला सूचना प्रवाहलाई अझ मजबुत बनाउँदै लैजाने अब्जर्भेटरीको तयारी छ।

‘ब्ल्याक रेन’को चेतावनी संकेत जारी भएपछि जनतालाई नवीनतम मौसमबारे जानकारी दिन प्रत्येक घण्टामा ब्रिफिङ गरिने निर्देशक चानले बताउँछन्। द स्ट्यान्डर्ड

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .