हङकङमा नयाँ सुरक्षा कानुन : आलोचना गर्ने अमेरिकालाई चीनले दियो यस्तो जवाफ

हङकङमा नयाँ सुरक्षा कानुन : आलोचना गर्ने अमेरिकालाई चीनले दियो यस्तो जवाफ

धारा २३ विधेयक पारित भएपछि हङकङका प्रमुख कार्यकारी र सांसदहरू सामूहिक तस्बिर खिचाउँदै (एससीएमपी)


नेपालखबर
चैत ८, २०८० बिहिबार १३:३६, हङकङ

हङकङमा मंगलबार पारित भएको नयाँ सुरक्षा कानुनको संयुक्त राज्य अमेरिकाले ‘अपमान र बदनाम’ गरेको भन्दै चीनले विरोध गरेको छ।

अमेरिकास्थित चिनियाँ दूतावासले आफ्नो वेबसाइटमा विज्ञप्ति प्रकाशित गर्दै ‘वासिङ्टनलाई चीनको सार्वभौमसत्ताको सम्मान गर्न र आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप तुरुन्तै बन्द गर्न आग्रह’ गरेको हो।

यता अमेरिकाले भने नयाँ राष्ट्रिय सुरक्षा कानुनले खुला समाजलाई बन्द गर्ने सम्भावना बढेको बताएको छ।

‘कानुनमा उल्लेखित अपराधहरू खराब परिभाषित र अविश्वसनीय तथा अस्पष्ट छन्,’ अमेरिकी राज्य विभागका उपप्रवक्ता वेदान्त पटेलले मंगलबार भने, ‘वासिङ्टनले अमेरिकी नागरिक र अमेरिकी हितमा सम्भावित जोखिमहरूको विश्लेषण गरिरहेको छ।’

यता बेलायत, क्यानडा, युरोपेली संघ, संयुक्त राष्ट्र लगायतले पनि शनिबारदेखि लागू हुने कानुनको बारेमा चिन्ता व्यक्त गरिरहेका छन्।

तर, चीनले भने अधिकांश बासिन्दाले कानुनको पालना गर्ने र उल्लंघन गर्नेमध्ये पनि सजाय पाउनेको संख्या सकेसम्म न्यून गरिने स्पष्ट पारेको छ।

अमेरिकास्थित चिनियाँ दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय सुरक्षालाई खतरामा पर्न नदिन र कानुनको पालना गर्ने हङकङका बहुमत बासिन्दाको सुरक्षा गर्न धेरै कम संख्यामा अपराधीलाई सजाय दिइनेछ।’

साथै, विदेशी संस्था, उद्यम र कर्मचारीको सामान्य गतिविधिहरू पनि कानुनद्वारा पूर्ण रूपमा सुरक्षित रहने विज्ञप्तिमा भनिएको छ।

धारा २३ को नामले चिनिने यो कानुनले देशद्रोह, तोडफोड, राजद्रोह, राज्यको गोप्य सूचना चोरी तथा जासुसी, बाह्य हस्तक्षेप लगायतका अपराधमा आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था गरेको छ। रोयटर्स

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .