बैंककका लागि उडेको एयर एसियाको जहाज हङकङमा आपत्‌कालीन अवतरण

बैंककका लागि उडेको एयर एसियाको जहाज हङकङमा आपत्‌कालीन अवतरण

फाइल तस्बिर (विकिमिडिया)


नेपालखबर
बैशाख २, २०८१ आइतबार १३:३३, हङकङ

दक्षिण कोरियाको सिओलबाट थाइल्यान्डको बैंककका लागि उडेको थाइ एयर एसिया एक्सको विमान हङकङमा आपत्‌कालीन अवतरण भएको छ।

द स्ट्यान्डर्डले जनाएअनुसार विमानको इन्जिनमा समस्या देखिएपछि जहाजलाई हङकङमा अवतरण गराइएको हो।

आपतकालीन अवतरण गराइएको जहाजका यात्रु र चालक दल सबै सकुशल रहेको जनाइएको छ।

चालक दलका सदस्यले इन्जिनमा समस्या आएको रिपोर्ट गरेपछि बजेट क्यारियरको उडान XJ701 लाई दिउँसो साढे दुई बज्नुभन्दा केही मिनेटअघि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .