हङकङ : खुल्यो जोर्डनमा आगलागी भएको फ्ल्याट, तर बासिन्दा फर्कन अनिच्छुक

हङकङ : खुल्यो जोर्डनमा आगलागी भएको फ्ल्याट, तर बासिन्दा फर्कन अनिच्छुक

भग्नावशेष बनेको न्यु लकी हाउसको करिडोर (एससीएमपी)


नेपालखबर
बैशाख ३, २०८१ सोमबार १२:८, हङकङ

बुधबार हङकङको जोर्डनमा आगलागी भएपछि बन्द गरिएको फ्ल्याट आइतबारबाट खुलेको छ।

तर, त्यहाँ बसोबास गरिरहेका कतिपय बासिन्दा भने तत्काल फ्ल्याटमा फर्किन अनिच्छिुक देखिएका छन्।

जलेको फ्ल्याटमा पट्यारलाग्दो भग्नावशेष, खुला विद्युतीय तार र अन्य असुविधालाई इंगित गर्दै बासिन्दाहरू तत्काल घर फर्कनमा अनिच्छुक देखिएका हुन्।

सघन जनसंख्या भएको याउमा तेइस्थित जोर्डन रोडमा रहेको ६० वर्ष पुरानो न्यु लकी हाउसमा गत बुधबार भीषण आगलागी भएको थियो।

१६ तले भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु र ४३ जना घाइते भएका थिए।

आगलागीले भवनको पहिलोदेखि चौथो तल्लासम्म नराम्ररी क्षति पुर्‍याएको थियो।

बढी प्रभावित चार तलामा विद्युत् आपूर्ति नभएकोले करिडोरमा अस्थायी बत्ती जडान गरिएको छ।

अस्थायी रूपमा जडान गरिएको बत्ती (एससीएमपी)

छैठौँ तलामा बस्ने एक निवासी सामान प्याक गर्न आइन् र भवनको अवस्था सुधार नभएसम्म आफन्तकहाँ बस्ने बताइन्।

‘बिजुली र खानेपानी सुचारु भए पनि म यहाँ बस्ने छैन,’ नाम नबताउने सर्तमा उनले साउथ चाइना मर्निङ पोस्टलाई भनेकी छन्, ‘यो धेरै दुर्गन्धित र असुविधाजनक छ। लिफ्ट पनि सञ्चालनमा छैन।’

पोस्टले प्रहरीबाट पाएको सूचनामा बिजुली र ग्यास आपूर्ति केही फ्ल्याटमा मात्रै उपलब्ध रहेको उल्लेख गरेको छ।

अस्तव्यस्त फ्ल्याटमा चोरीका घटना पनि बढेको निवासीहरूको गुनासो छ।

पहिचान नखोल्न अनुरोध गर्दै एक व्यक्तिले दिएको सूचनाअनुसार केही बासिन्दाले चोरी भएको जानकारी दिएपछि उनलाई क्लोज सर्किट टेलिभिजन प्रणाली (सीसीटीभी) र बिजुली आपूर्ति मिलाउने काम दिइएको छ।

भवनमा चोरीका घटना बढेको प्रहरीले समेत पुष्टि गरिसकेको छ। भवनको लिफ्टबाट २ लाख हङकङ डलर बराबरको दुईवटा सर्किट बोर्ड चोरी भएको जानकारी आएको प्रहरीले जनाएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .