हङकङमा झन्डै १० हजारले लिए शिशु बोनस, अनुदान रकम प्रतिव्यक्ति २० हजार डलर

हङकङमा झन्डै १० हजारले लिए शिशु बोनस, अनुदान रकम प्रतिव्यक्ति २० हजार डलर

अक्टोबर २०२३ पछि जन्मेका बच्चाका आमाबाबु बोनस कार्यक्रममा समेटिन्छन् (एससीएमपी)


नेपालखबर
बैशाख ३, २०८१ सोमबार १७:८, हङकङ

हङकङका झन्डै १० हजार अभिभावकले नवजात शिशु बोनस कार्यक्रम अन्तर्गत रकम पाइसकेको प्रशासन शाखाले जनाएको छ।

यस वर्षको मार्चसम्ममा प्राप्त १० हजार दुई सय ७१ योग्य आवेदनमध्ये ९ हजार ६ सय ७७ ले बोनस रकम प्राप्त गरिसकेको शाखालाई उद्धृत गर्दै द स्ट्यान्डर्डले जनाएको छ।

आफ्ना नागरिकलाई बच्चा जन्माउन प्रोत्साहित गर्ने उद्देश्यले हङकङ सरकारले विभिन्न स्किम ल्याएको छ। जसमध्ये नवजात शिशु बोनस कार्यक्रम पनि एक हो।

यस स्किमअन्तर्गत २०२३ को अक्टोबरपछि जन्मेका प्रत्येक बच्चाका आमाबाबुलाई हङकङ डलर २० हजार नगद बोनस दिइनेछ।

सोमबार सांसदहरूलाई लिखित जवाफ दिँदै प्रशासन शाखाले कार्यक्रम सुरु भएको पाँच महिना मात्रै भएको र यसलाई अझ प्रभावकारी बनाउन समीक्षा गरेर अघि बढ्नुपर्ने सुझाव दिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .