हङकङमा बढे सम्बन्ध विच्छेदका आवेदन, यस्तो छ कारण

हङकङमा बढे सम्बन्ध विच्छेदका आवेदन, यस्तो छ कारण

एक वकिलका अनुसार पछिल्लो पाँच वर्षमा सम्बन्ध विच्छेदका लागि आवेदन दिनेमध्ये बढी ३० देखि ४० वर्षका जोडी छन् (तस्बिर : सटरस्टक)


नेपालखबर
बैशाख ४, २०८१ मंगलबार ११:४३, हङकङ

हङकङमा सम्बन्ध विच्छेदका आवेदन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढेको छ।

न्यायपालिकाले बिहीबार व्यवस्थापिका परिषद्को विशेष वित्त समितिमा बुझाएको प्रतिवेदनमा अदालतमा परेका सम्बन्ध विच्छेदका मुद्दाको संख्या सन् २०२२ मा १६ हजार ५१३ रहेकोमा २०२३ मा २० हजार ६२१ रहेको उल्लेख छ।

यो संख्या सन् २०१९ यताकै सबैभन्दा उच्च रहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

सन् २००७ देखि पारिवारिक वकिलको रूपमा भूमिका निभाउँदै आएकी जोसेलिन चाओ सम्बन्ध विच्छेदको दर बढ्नु समाजका लागि हितकर नभएको बताउँछिन्। जबकी प्रशासनले जन्मदर बढाउन पहल गरिरहेको बेला सम्बन्ध विच्छेदका दर बढ्नु प्रत्युत्पादक हुने उनको ठहर छ।

जनगणना र तथ्यांक विभागले फेब्रुअरीमा जारी गरेको तथ्यांकअनुसार गत वर्ष हङकङमा ३३ हजार दुई सय जन्म रेकर्ड भएका थिए, जुन सन् २०२२ को तुलनामा २ प्रतिशत बढी हो। र, यो सन् २०१७ यताकै पहिलो वृद्धि हो।

वकिल चाओ पछिल्लो पाँच वर्षमा ३० देखि ४० वर्षसम्मका जोडीले बढ्दो संख्यामा सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेको अनुभव सुनाउँछिन्।

धेरैजसो यस्ता मुद्दामा मुख्य रूपमा दुईवटा कारण आफूले पाएको उनले बताइन्। जसमा परपुरुष वा परस्त्रीगमन र अभिभावकत्व द्वन्द्व रहेका छन्।

न्यायपालिकाका अनुसार सन् २०२० देखि २०२२ सम्म वार्षिक औसत १७ हजार एक सय ९६ सम्बन्ध विच्छेदका मुद्दा परेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .