हङकङमा आगामी ५ वर्षभित्र आवास आपूर्ति सहज हुन्छ : प्रतिवेदन

हङकङमा आगामी ५ वर्षभित्र आवास आपूर्ति सहज हुन्छ : प्रतिवेदन

आगामी पाँच वर्षभित्र ५४ हजार आवास एकाइ निर्माण हुने ओएचकेएफको अनुमान छ (द स्ट्यान्डर्ड)


नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १८:१६, हङकङ

आवर हङकङ फाउन्डेसन (ओएचकेएफ)ले हङकङको निजी र सार्वजनिक आवास आपूर्तिको पछिल्लो पूर्वानुमान जारी गर्दै आगामी पाँच वर्षभित्र सहरको आवास आपूर्ति प्रशस्तताको चरणमा प्रवेश गर्ने बताएको छ।

बिहीबार जारी गरिएको ‘हाउजिङ ल्यान्डस्केप नेभिगेटर २०२४’ अनुसार ओएचकेएफले सरकारको दीर्घकालीन आवास रणनीति (एलटीएचएस) लक्ष्यअनुसार आगामी पाँच वर्षमा १९ हजार एक सय निजी र ३५ हजार सार्वजनिक आवास एकाइ निर्माण पूरा हुने अनुमान गरेको हो।

हालको सार्वजनिक प्रतीक्षा अवधि ५.८ वर्षबाट घटेर आर्थिक वर्ष सन् २०२६/२७ मा ४.५ वर्षमा पुग्ने अनुमान पनि ओएचकेएफको छ।

यस्तै, आगामी १० वर्षमा सरकारको एलटीएचएस लक्ष्य ३३ प्रतिशतले बढ्ने ओएचकेएफको आँकलन छ।

यसका साथै, आवास आपूर्ति सुधार हुँदै गएकोले परिमाण वृद्धिको प्राथमिकताबाट अब गुणस्तर वृद्धिको प्राथमिकतामा सर्ने समय आएको सुझाव ओएचकेएफले दिएको द स्ट्यान्डर्डले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .