हङकङको निर्माण क्षेत्रमा कामदार मृत्यु प्रकरण : पक्राउ परेका पूर्वप्रबन्धकको सुनुवाइ सर्‍यो

हङकङको निर्माण क्षेत्रमा कामदार मृत्यु प्रकरण : पक्राउ परेका पूर्वप्रबन्धकको सुनुवाइ सर्‍यो

पूर्वप्रबन्धक कान होलाई अदालतमा लगिँदै (एससीएमपी)


नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १६:५७, हङकङ

दुई वर्षअघि निर्माण क्षेत्रमा टावर क्रेन भत्किँदा तीन कामदारको मृत्यु प्रकरणमा पक्राउ परेका तत्कालीन परियोजना प्रबन्धकको सुनुवाइ सरेको छ।

हाल बेरोजगार रहेका ३५ वर्षीय कान हो दुर्घटनाको समयमा एग्रेसिभ कन्स्ट्रक्सन कम्पनीमा परियोजना प्रबन्धक रहेको प्रहरीले जनाएको छ।

उनी परियोजना प्रबन्धकको जिम्मेवारीमा रहँदा घटना घटेको भन्दै प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो।

हाल हिरासतमा राखिएका उनलाई अदालतले ३० जुलाईका लागि सुनुवाइ तोकेको छ। उनको क्वान तोङ अदालतमा मुद्दा चलिरहेको छ।

एग्रेसिभ कन्स्ट्रक्सन कम्पनीको साउमाउ पिङस्थित एन्डरसन रोडमा रहेको हाउजिङ सोसाइटीको निर्माण स्थलमा ७ सेप्टेम्बर २०२२ मा दुर्घटना भएको थियो।

अस्थायी कार्यालयको रूपमा प्रयोग भइरहेको कन्टेनरमा ६५ टनको टावर क्रेन खस्दा तीन कामदारको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .