हङकङमा नक्कली आईडी प्रयोग गर्ने एक व्यक्तिलाई दिइयो २० महिना कैद सजाय

हङकङमा नक्कली आईडी प्रयोग गर्ने एक व्यक्तिलाई दिइयो २० महिना कैद सजाय

नक्कली कार्ड प्रयोग गरेर हवाई सेवा लिन खोज्ने एक व्यक्तिलाई हङकङको अदालतले २० महिना कैद सजाय सुनाएको छ


नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १५:५, हङकङ

नक्कली आईडी कार्ड प्रयोग गरेर हवाई सेवा लिन खोज्ने एक व्यक्तिलाई हङकङको जिल्ला अदालतले शुक्रबार २० महिना कैद सजाय सुनाएको छ।

नोभेम्बर २०२३ मा अध्यागमन विभागका अधिकारीहरूले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन चेक-इन काउन्टरमा ५७ वर्षीय मुख्यभूमिका एक व्यक्तिलाई शंकास्पद परिचय पत्र प्रयोग गरेको अभियोगमा पक्राउ गरेका थिए।

द स्ट्यान्डर्डका अनुसार अनुसन्धानपछि ती व्यक्तिले नक्कली मेक्सिकन स्थायी बासिन्दा परिचय पत्र प्रयोग गरेर स्वीट्जरल्यान्ड हुँदै मेक्सिकोको लागि बोर्डिङ पास प्राप्त गर्ने प्रयास गरेको पुष्टि भयो। खोजीका क्रममा उनको झोलामा नक्कली सेन्जेन भिसा पनि फेला परेको थियो।

पक्राउपछि अनुसन्धानका क्रममा ती व्यक्तिले मेक्सिकोमा जागिर खोज्ने उद्देश्यका लागि नक्कली मेक्सिकन स्थायी बासिन्दा कार्ड र नक्कली पोल्यान्ड सेन्जेन भिसा एक क्लान्सम्यानबाट लिएको स्वीकार गरेका थिए। क्लान्सम्यान भन्नाले एउटै कुलको सदस्यलाई बुझिन्छ। त्यस्तै, पोल्यान्ड सेन्जेन भिसा पोल्यान्ड र सेन्जेन क्षेत्रका २७ देश भ्रमण गर्न सकिने बहुप्रवेश यात्रा कागजात हो।

हङकङको कानुनले कुनै पनि छलकपट वा बेइमानीका साथ अर्काबाट सेवा प्राप्त गर्नुलाई अपराध मान्दछ। यस्तो कार्यमा दोषी ठहरिएकालाई १० वर्ष सम्मको जेल सजाय हुन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .