बिहीबार राति हङकङको चुनमुन हत्याका आरोपी पक्राउ परेका छन्।
प्रहरीले शुक्रबार साँझ आरोपीलाई पक्राउ गरेको हो। बिहीबार राति धारिलो हतियार प्रयोग गरी वोङ उपनामका ३३ वर्षीय पुरुषको हत्या भएको थियो। आक्रमणपछि हत्यार फरार थिए।
हत्याको आरोपमा प्रहरीले ५६ वर्षीय पुरुषलाई ङाउताउ ककबाट पक्राउ गरेको स्थानीय सञ्चारमाध्यम द स्ट्यान्डर्डमा उल्लेख छ।
बिहीबार राति सवा १० बजे पोतिन स्टेटको ब्लक ७ का एक सुरक्षा गार्डले एक जना पुरुषमाथि आक्रमण भएको र उनको ढाडबाट रगत बगिरहेको भनी प्रहरीलाई खबर गरेका थिए।
अचेत अवस्थामा एम्बुलेन्समार्फत चुनमुन अस्पताल लगिएका उनलाई अस्पतालले राति ११:५५ बजे मृत घोषित गरेको थियो।
अधिकारीलाई भ्रमित गरेको आशंकामा यसअघि प्रहरीले ४४ वर्षीया महिलालाई पनि पक्राउ गरिसकेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त महिला पीडितको प्रेमी र पीडकको पूर्वप्रेमी रहेको खुल्न आएको थियो।
हङकङको चुनमुनमा धारिलो हतियार प्रयोग गरी १ जनाको हत्या, आरोपित फरार
Shares

प्रतिक्रिया