हङकङमा क्रुज जहाजभित्र बेहोस अमेरिकी यात्रुको मृत्यु

हङकङमा क्रुज जहाजभित्र बेहोस अमेरिकी यात्रुको मृत्यु

‘सिल्भर डन’ मा ५९६ यात्रु सवार छन् (द स्ट्यान्डर्ड)


नेपालखबर
पुस २१, २०८१ आइतबार ११:५०, हङकङ

हङकङको चिमसा चोईमा क्रुज जहाजभित्र बेहोस भएका एक अमेरिकी यात्रुको मृत्यु भएको छ।

चिमसा चोईको ओशन टर्मिनलमा डक गरिएको क्रुज जहाज ‘सिल्भर डन’ मा सवार उनी आफ्नै कोठामा बेहोस भएका थिए।

शनिबार (४ जनवरी) मध्यरातमा क्रुज जहाजका कर्मचारीले ६६ वर्षीय अमेरिकी पुरुष आफ्नो कोठामा बेहोस भेटिएको खबर प्रहरीलाई गरेका थिए।

घटनास्थल पुगेका अधिकारीहरूले उनलाई क्विन एलिजाबेथ अस्पताल पुर्‍याएका थिए। अस्पतालले उनलाई मृत घोषित गर्‍यो।

मृत्युको कारणबारे यकिन भन्न नसकिने र पोस्टमार्टमपछि थाहा हुने प्रहरीले जनाएको छ। यद्यपि, उनमा मुटुसम्बन्धी रोग रहेको द स्ट्यान्डर्डमा उल्लेख छ।

घटना पछि, प्रहरी अधिकारीहरू अनुसन्धान गर्न क्रूज जहाजमा चढे।

‘सिल्भर डन’ शनिबार बिहान ८ बजे ओशन टर्मिनलमा आइपुगेको थियो र आइतबार (५ जनवरी) दिउँसो २ बजे प्रस्थान गर्ने तालिका छ। जहाजमा ५९६ यात्रु छन्।

सन् २०२१ बाट सेवा थालेको यो जहाजको कुल भार ४० हजार टन रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .