हङकङ : युनलङ हत्याका २ जना आरोपी थाइल्यान्डमा पक्राउ

‘सन्दिग्ध चिनियाँ र दक्षिण एसियाली मूलका’
हङकङ : युनलङ हत्याका २ जना आरोपी थाइल्यान्डमा पक्राउ

बुधबार सुवर्णभूमि विमानस्थलमा सन्दिग्धहरूसँग सोधपुछ गर्दै थाइल्यान्डको अध्यागमन प्रहरी (ह्यान्डआउट)


नेपालखबर
माघ १०, २०८१ बिहिबार १७:४१, हङकङ

हङकङको युनलङमा एक जनाको मृत्यु हुने गरी भएको चक्कु आक्रमणका दुई जना आरोपी थाइल्यान्डमा पक्राउ परेका छन्।

थाइ मिडियाका अनुसार बुधबार पक्राउ परेका उनीहरूलाई प्रहरीले सुपुर्दगी गर्ने तयारी गरेको छ। त्यस्तै, हङकङका अधिकारी पनि सुपुर्दगीकै लागि स्थानीय समय दिउँसो १ बजे थाइल्यान्ड प्रस्थान गरेको हङकङका सञ्चारमाध्यममा उल्लेख छ।

बुधबार बिहान हङकङको हाइयिप स्ट्रिटमा रहेको हाइयिप फ्याक्ट्री नजिकै ७/८ जनाको समूहले आक्रमण गर्दा चान थरका २४ वर्षीय पुरुषको निधन भएको थियो।

हात र खुट्टामा गम्भीर चोट लागेका उनको पोक ओई अस्पतालमा मृत्यु भएको हो।

सोही आक्रमणमा चेङ थरका २८ वर्षीय पुरुष पनि घाइते भएका छन्। हात र ढाडमा चोट लागेका उनलाई चुनमुन अस्पताल लगिएको थियो। मृतक चानलाई पनि सुरुमा चुनमुन अस्पताल लगिएकोमा पछि पोकओई अस्पताल लगिएको थियो।

आक्रमणपछि दुई जना थाइल्यान्ड भागेको खबर प्रहरीले प्राप्त गरेको थियो। उनीहरूलाई हिजै साँझ थाइल्यान्डको सुवर्णभूमि विमानस्थलबाट पक्राउ गरिएको हो।

‘क्याथे प्यासिफिकको उडान सीएक्स७०१ मार्फत हिजो साँझ ६:४० बजे आइपुगेका सन्दिग्धहरूलाई प्रहरीले हिरासतमा लियो,’ बैंकक पोस्टले बिहीबार भनेको छ।

पक्राउ परेका व्यक्ति चिनियाँ र दक्षिण एसियाली मूलका भएको समेत हङकङका सञ्चारमाध्यमले लेखेका छन्।

‘सञ्चारमाध्यमका आएका तस्बिरहरू अनुसार चिनियाँ र दक्षिण एसियाली मूलका रूपमा पहिचान गरिएका सन्दिग्धहरूलाई घटनामा उनीहरूको भूमिकाबारे प्रहरी अनुसन्धानमा जुटेको छ,’ द स्ट्यान्डर्डमा उल्लेख छ।

न्यु टेरिटोरिज उत्तर मुख्यालय क्षेत्रीय अपराध एकाइले घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .