हङकङको युनलङ हत्याका थप २ आरोपी पक्राउ

हङकङको युनलङ हत्याका थप २ आरोपी पक्राउ

युनलङमा दुई जनामाथि साङ्‌घातिक आक्रमण भएको थियो


नेपालखबर
माघ ११, २०८१ शुक्रबार १०:३३, हङकङ

हङकङमा बुधबार बिहान एक जनाको ज्यान लिने गरी भएको चक्कु आक्रमणका थप दुई जना पक्राउ परेका छन्। यी सहित पक्राउ पर्नेको संख्या चार पुगेको छ।

बिहीबार थाइल्यान्डमा पक्राउ परेका दुई जनालाई थाई प्रहरीले हङकङ सुपुर्दगी गरिसकेको छ। अन्य दुई जना हङकङमै पक्राउ परेका हुन्। जसमध्ये एक जनालाई उनकै फ्ल्याटमा र अर्कोलाई विमानस्थलमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

न्यु टेरिटोरिज उत्तरी क्षेत्र मुख्यालयका कार्यवाहक वरिष्ठ सुपरिटेन्डेन्ट बेसिल टाङले आक्रमणको कारण लामो समयदेखिको विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताए। आक्रमणमा पर्नेहरू निर्माण मजदुर रहेको बुझिएको छ।

‘चार जनालाई हिरासतमा लिइएको छ, अन्यको खोजी कार्य जारी छ,’ टाङले भने। घटनाबारे जानकारी राख्ने जोकोहीलाई प्रहरीसँग सम्पर्क राख्न पनि उनले अनुरोध गरेका छन्।

बुधबार बिहान साढे ५ बजेतिर चारवटा गाडीमा आएका ७/८ जनाले युनलङको वाङयिप स्ट्रिट पश्चिममा रहेको हाइयिप फ्याक्ट्री नजिकै दुई जनालाई चक्कु प्रहार गरेका थिए।

यस घटनामा एक जनाको मृत्यु भएको थियो। सांघातिक आक्रमणपछि नकाबधारी समूह सोही गाडीमा बसेर भागेका थिए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .