जापान घुम्न गएकी हङकङकी एक महिलाको रेलको ठक्करबाट मृत्यु भएको छ। रेलको लिकमा फोटो खिच्ने क्रममा उनको मृत्यु भएको जापानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
होक्काइडोको ओटरु सहरमा समुद्रको तस्बिर खिच्ने क्रममा ६१ वर्षीया महिलालाई रेलले ठक्कर दिएको हो। उनी ट्र्याकमा उभिएकी फोटो खिच्न खोज्दै थिइन्।
घटनापछि अस्पताल पुर्याइएकी उनलाई मृत घोषित गरिएको थियो।
हङकङको अध्यागमन विभागले घटनाको थप जानकारीका लागि हङकङस्थित चीनको विदेश मन्त्रालयको आयुक्त कार्यालय र जापानको सापोरोस्थित चिनियाँ वाणिज्य दूतावासलाई सम्पर्क गरेको बताएको छ।
साथै आवश्यक सहयोगका लागि पीडितको परिवारलाई सम्पर्क गरेको बताएको छ।
साप्पोरोस्थित चिनियाँ वाणिज्य दूतावासले पनि यस मुद्दाको अनुसन्धान गरिरहेको छ र पीडित परिवारलाई सहयोग गरिरहेको सिन्ह्वाले जनाएको छ।
Shares

प्रतिक्रिया