हङकङको युन लङमा भएको घातक चक्कु आक्रमणका थप तीन जना आरोपी पक्राउ परेको हङकङ प्रहरीले बताएको छ। यी सँगै पक्राउ पर्नेको संख्या ९ पुगेको छ।
पछिल्लो पटक पक्राउ परेका आरोपीलाई प्रहरीले तिनसुई वाई, चिङ यी र युन लङबाट नियन्त्रणमा लिएको हो।
जसमा २२ वर्षीय दुई पुरुष र २० वर्षीया एक महिला छन्। उनीहरूको सोमबार फ्यानलिङ मजिस्ट्रेट अदालतमा सुनुवाइ हुनेछ।
यसबाहेक, पहिले पक्राउ परेका २२ देखि २६ वर्षका चार जना पुरुष जमानतमा रिहा भएका छन्। उनीहरूलाई फेब्रुअरीको अन्त्यतिर प्रहरीमा हाजिर हुनुपर्ने गरी छोडिएको हो।
सुरुमा पक्राउ परेका दुई पुरुषहरू शनिबार चुनमुन मजिस्ट्रेट अदालतमा उपस्थित भएका थिए।
बुधबार बिहान हाईयिप स्ट्रिटमा रहेको हाईयिप फ्याक्ट्री नजिकै चार वटा गाडीमा एको एक समूहले दुई जनामाथि चक्कु आक्रमण भएको थियो। घटनामा एक जनाको मृत्यु भयो भने एक जना घाइते भए। (द स्ट्यान्डर्ड)
Shares

प्रतिक्रिया