हङकङको लामा टापुनजिकै डुङ्गाबाट खसेका एक कामदारको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब साढे ११ बजे लामा टापुको दक्षिणी भेगमा डुङ्गामा काम गरिरहेका व्यक्ति पानीमा खस्न पुगे।
सहकर्मी पानीमा खसेपछि अन्य कामदारले प्रहरीलाई खबर गरेका थिए। प्रहरी र अग्निनियन्त्रकको टोलीले उनलाई डुङ्गामार्फत उद्धार गरेको थियो।
बेहोस अवस्थामा बाहिर निकालिएका उनलाई हेलिकप्टरमार्फत पामेला युड नेदरसोल पूर्वी अस्पताल पुर्याइएको थियो। तर, उनलाई बचाउने प्रयास भने सफल भएन। उनलाई दिउँसो २ बजे अस्पतालले मृत घोषित गरेको थियो।
मृतक ६९ वर्षीय पुरुष हुन्। साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार हङकङ परिचयपत्र भएका मृतक दक्षिण एसियाली भएको बुझिएको छ।
प्रारम्भिक अनुसन्धानले भर्याङ चढ्ने क्रममा खुट्टा चिप्लिएर खसेको देखिए पनि ठोस कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया