हङकङको चुनवानमा रहेको एक पसलमा चोरी भएको भनेर आइतबार एउटा भिडिओ सार्वजनिक भएको छ।
पसल मालिकले सामाजिक सञ्जालमा साझा गरेको उक्त सीसीटीभी फुटेजमा देखिएको रेकर्डअनुसार घटना बुधबार राति करिब १० बजेको हो।
भिडिओमा चुनवानका दुई पसलको क्लाउ मेसिनबाट दुई जनाले महँगा खेलौना झिक्दै गरेको देख्न सकिन्छ।
उनीहरूले क्लाउ मेसिनबाट डल, सानरियो आकृति लगायतका खेलौना झिकेका हुन्। जसको मूल्य लगभग पाँच हजार हङकङ डलर रहेको पसल मालिकले बताएका छन्।
सामान झिक्नका लागि पुरुष सन्दिग्धले क्लाउ मेसिनभित्र उपकरण प्रयोग गरेर पहुँच पुर्याएका छन् भने महिला पहरेदारको रूपमा देखिन्छिन्।
खेलौनाहरू झिकिसकेपछि भने उनीहरू त्यहाँबाट हिँडेका थिए।
पसल मालिकका अनुसार सामान झिक्ने क्रममा पुरुषले सीसीटीभी प्रणालीमा समेत क्षति पुर्याएका छन्। उनले सीसीटीभीका केही फुटेज डिलिट गरे। महिलाले भने अन्य ग्राहकहरू आएको समयमा क्रेन मेसिनसँग खेल्ने नाटक गरिन्। (द स्ट्यान्डर्ड)
भिडिओ-
Shares

प्रतिक्रिया