बुधबार बिहानदेखि हङकङको पूर्वी रेल लाइनमा सेवा अवरुद्ध भएको छ। एक सेन्सरमा खराबी देखिएपछि रेललाई ट्र्याकमै रोकेर मर्मतको काम गरिएको हुँदा सेवा अवरुद्ध भएको हो।
पाँच-डब्बाको उक्त रेल ताईओ एमटीआर स्टेसननजिकै रोकिएको छ। एमटीआर कर्पोरेसनले बुधबार बिहान ताईओ र फ्यानलिङ स्टेसनबीचको रेल खण्डमा काम पूरा गरेपछि समस्या भएको पाइएको बताएको छ।

‘लेभलिङ प्रणालीमा रहेको एउटा सेन्सर त्रुटिपूर्ण देखिएको छ। त्यसैले सुरक्षित रूपमा सञ्चालन हुन सक्छ भन्ने सुनिश्चित गर्न मर्मत गर्नुपर्ने देखियो,’ एमटीआर कर्पोरेसनका सञ्चालन इन्जिनियरिङ मर्मतसम्भार प्रमुख ली किमले बताए।
एमटीआर कर्पोरेसनले अवरुद्ध सेवा आजै दिउँसोबाट सुचारु गर्नेगरी काम भइरहेको बताएको छ। (एससीएमपी)
315
Shares

प्रतिक्रिया