हङकङको काइताक रंगशाला उद्‌घाटन मिति तोकियो, परीक्षण खेलमा ५० हजार दर्शक

हङकङको काइताक रंगशाला उद्‌घाटन मिति तोकियो, परीक्षण खेलमा ५० हजार दर्शक

‘रिट्राक्टेबल रुफ’सहितको काइताक रंगशाला १ मार्चमा औपचारिक उद्‌घाटन हुनेछ (तस्बिरहरू : एससीएमपी)


नेपालखबर
माघ २३, २०८१ बुधबार १२:५५, हङकङ

हङकङको काइताक रंगशाला मार्च १ बाट आधिकारिक रूपमा खुल्ने भएको छ। मंगलबार रातिको परीक्षण खेलपश्चात्‌ उद्‌घाटनको ‍औपचारिक मिति तोकिएको हो। हिजो परीक्षणको रूपमा रंगशालामा फुटबल आयोजना गरिएको थियो। जसमा झन्डै ५० हजार दर्शक सहभागी भएका थिए।

हिजोको परीक्षणको अधिकारीहरूले समीक्षा गरेपछि संस्कृति, खेलकुद तथा पर्यटन सचिव रोसाना ल शुकले रंगशाला खुल्ने आधिकारिक मिति घोषणा गरेकी हुन्।

परीक्षणस्वरुप मंगलबार आयोजित फुटबल खेलको समयमा पहिलो पटक स्टेडियमको ‘रिट्राक्टेबल रुफ’ पनि खुला गरिएको थियो। साथै, नजिकैको आवासीय सम्पत्तिहरूमा आवाजको स्तर परीक्षण गरिएको थियो।

‘हामीले सञ्चालन गरेका धेरै अभ्यासपछि नतिजाबाट सन्तुष्ट छौँ। यसबीचमा धेरै सुधार र समायोजन पनि भएका छन्,’ परीक्षणपछि सचिव लले भनिन्, ‘हामी स्टेडियम सहज रूपमा सञ्चालन गर्न सक्षम छ भन्ने कुरामा धेरै विश्वस्त छौँ र मार्च १ मा आधिकारिक रूपमा खुल्नेछ।’

मंगलबार रातिको खेलमा ५० हजार दर्शक सहभागी थिए

उनले उद्घाटनको विवरण भने पछि घोषणा गर्ने बताइन्।

काइताक स्पोर्ट्स पार्कको मुख्य स्थलमा मंगलबार राति भएको परीक्षण खेलमा किची स्पोर्स्ट्स क्लब र उत्तरी जिल्लाबीचको अन्डर-२२ लिग फुटबल खेल, अग्नि अभ्यास र आपत्‌कालीन अवस्थाको पुन: अभ्यास गरिएको थियो।

यो रंगशालाको सिट क्षमता ५० हजार रहेको छ।

हिजोको परीक्षणमा ४८ हजार दर्शकमध्ये ८० प्रतिशत १५ मिनेटभित्र तितरबितर हुन सफल भएको प्रहरीका डेपुटी कमिस्नर जोचाउ याट-मिङले बताए। उनका अनुसार दुई हजार मानिस भने यसपछि हुने अग्नि अभ्यास हेर्न बसेका थिए। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .