बढ्यो हङकङको अर्थतन्त्र

बढ्यो हङकङको अर्थतन्त्र

हङकङको कन्टेनर टर्मिनल (सिन्ह्वा)


नेपालखबर
माघ २३, २०८१ बुधबार १७:४०, हङकङ

हङकङ सरकारले सोमबार जारी गरेको अग्रिम अनुमानअनुसार, वस्तु र सेवाको निर्यातमा वृद्धिका कारण हङकङको अर्थतन्त्र २०२४ मा २.५ प्रतिशतले विस्तार भएको छ।

२०२४ को चौथो त्रैमासिकमा हङकङको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक रूपमा २.४ प्रतिशतले बढेको जनगणना तथा तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको हो। जुन तेस्रो त्रैमासिकमा १.९ प्रतिशतले बढेको थियो।

बाह्य मागमा सुधार, कुल निर्यात वृद्धि, सेवाहरूको निर्यातमा पर्यटक आगमनको वृद्धि र अन्य सीमापार आर्थिक गतिविधिमा सुधारका कारण जीडीपी वृद्धि भएको हङकङ सरकारका प्रवक्ताले बताएका छन्।

अर्थतन्त्रसँगै लगानी खर्च पनि विस्तार भएकोले बासिन्दाको उपभोग ढाँचामा परिवर्तनका कारण निजी उपभोग खर्चमा भने थोरै गिरावट आएको उनले टिप्पणी गरे।

‘बाह्य वातावरणमा अनिश्चितता बढेको भए पनि सन् २०२५ मा हङकङको अर्थतन्त्र थप वृद्धि हुने अपेक्षा गरिएको छ,’ प्रवक्ताले भने। (सिन्ह्वा)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .