हङकङको ह्याप्पी भ्यालीमा बसको ठक्करबाट विद्यार्थी घाइते

हङकङको ह्याप्पी भ्यालीमा बसको ठक्करबाट विद्यार्थी घाइते

सडक पार गर्ने क्रममा छात्रलाई बसले ठक्कर दिएको थियो


नेपालखबर
माघ २४, २०८१ बिहिबार १२:३७, हङकङ

बिहीबार बिहान हङकङको ह्याप्पी भ्यालीमा एक विद्यार्थीलाई बसले ठक्कर दिएको छ।

बिहान ८:४५ बजे स्टब्स रोड पार गर्ने क्रममा हाउजिङ स्टेटबाट आएको बसले १४ वर्षीय छात्रलाई ठक्कर दिएको हो।

स्टब्स रोड हङकङको मध्यपूर्वमा अवस्थित एक सडक हो जसले हङकङ टापुको द पिक क्षेत्रलाई ह्याप्पी भ्यालीसँग जोड्छ।

त्यस्तै, ह्याप्पी भ्याली मूलत: उच्च आय भएकाहरूको बाहुल्यता रहेको आवासीय क्षेत्र हो जुन हङकङ टापुमा अवस्थित छ। यो क्षेत्र पूर्वमा क्यारोलिन हिल, दक्षिणमा जार्डिन लुकआउट, पश्चिममा मोरिसन हिल र उत्तरमा कजवे बेसँग जोडिएको छ। यो वानचाइ जिल्लामा पर्दछ।

बसको ठक्करपछि बेहोस विद्यार्थीलाई प्यारामेडिक्सले अस्पताल पुर्‍याएका थिए। उनलाई अचेत अवस्थामा क्विन मेरी अस्पताल पुर्‍याइएको थियो।

दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .