बिहीबार हङकङको चेङशा वानमा कार दुर्घटना हुँदा दुई जना छात्रा र एक पैदलयात्री घाइते भएका छन्।
दिउँसो करिब १ बजे शामशिङ रोडमा दुई कार आपसमा ठोकिएका थिए। दुर्घटनाका कारण उछिट्टिएको एउटा कार ‘पेडिस्ट्रियन रेफ्युज आइल्यान्ड’मा चढी दुई छात्रालाई ठक्कर दिन पुगेको स्रोतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
ठक्करबाट एक छात्रा बेहोस भइन् भने अर्कीलाई सामान्य चोटपटक लागेको छ। त्यस्तै, कारले अर्का एक पुरुष पैदलयात्रीलाई पनि ठक्कर दिएको थियो।
घाइते तीनै जनालाई प्रिन्सेस मार्गरेट अस्पताल र कारितास मेडिकल सेन्टरमा लगिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
465
Shares

प्रतिक्रिया