हङकङको काउलुन जलाशय सञ्चालनमा, यस्तो थियो पानी आपूर्ति बन्दको कारण

हङकङको काउलुन जलाशय सञ्चालनमा, यस्तो थियो पानी आपूर्ति बन्दको कारण

काउलुन जलाशयको हवाई दृश्य (तस्बिर : पानी आपूर्ति विभाग)


नेपालखबर
माघ २४, २०८१ बिहिबार १९:०, हङकङ

हङकङको काउलुन जालशय बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ। शनिबार जलाशयमा कार भेटिएपछि पानी आपूर्ति बन्द गरिएको थियो।

भेटिएको यो कार २०२३ मा पानीमा तैरिरहेको अवस्थामा भेटिएको शवसँग सम्बन्धित रहेको आशंका गरिएको छ।

त्यतिबेला ३० वर्षीय पुरुषको शव कामशान कन्ट्री पार्कको जलाशयमा भेटिएको थियो भने उनले चढेको कार बेपत्ता थियो। त्यसपछि यो जालशयमा पानीको मात्रा घटाउन सुरु गरिएको थियो।

गएको शनिबार साँझ भने जलाशयमा खिया लागेको गाडी देखियो। दमकल र गोताखोरको टोलीले गरेको खोजीमा कारभित्र केही पनि भेटिएन।

आइतबार प्रहरीले अनुसन्धानका लागि उक्त स्थल घेराबन्दी गरेको थियो भने यहाँबाट आपूर्ति गरिने पानी बन्द गरिएको थियो।

काउलुन जलाशयमा शनिबार पानीमुनि गडेको अवस्थामा कार देखिएको थियो (ह्यान्डआउट)

पानी सेवा विभागले पानीको गुणस्तर परीक्षण गरेपछि बिहीबारबाट आपूर्ति पुन: सुरु गरिएको हो।

विभागले बुधबार आफ्नो फेसबुक पेजमा विज्ञप्ति प्रकाशित गर्दै आपूर्ति सुचारु भएको जानकारी दिएको हो।

विज्ञप्तिमा बताइएअनुसार सरकारले ठेक्का लगाएको एक कम्पनीले जलाशयबाट उक्त गाडी हटाउनुका साथै सफाई कार्य गरेको थियो।

‘विभागले जलाशयमा रहेको पानीको नमुना परीक्षण गरेको छ र नतिजाले पानीको गुणस्तर सन्तोषजनक रहेको देखाएको छ,’ चिनियाँ भाषामा प्रकाशित विज्ञप्तिमा भनिएको छ। (एचकेएफपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .