हङकङमा चिसो मौसम चेतावनी जारी भएको छ। आइतबार बिहान हङकङका धेरै भागहरूमा तापक्रम १० डिग्री सेल्सियस (५० फरेनहाइट) भन्दा तल झरेपछि अब्जर्भेटरीले चिसो मौसम चेतावनी जारी गरेको हो।
अब्जर्भेटरीको मापनअनुसार आइतबार सहरभरिमा सबैभन्दा न्युनतम तापक्रम ताइमो सानको रहेको छ। जहाँको तापक्रम ३.६ डिग्रीसम्म मापन भएको छ।
त्यस्तै, द पिकको ४.४, न्यु टेरिटोरिज अन्तर्गत ताइलुङको ६.६ र ताकु लिङको न्युनतम तापक्रम ७.९ डिग्री सेल्सियस रहेको छ।
सहरी क्षेत्रको न्युनतम तापक्रम पनि १० देखि ११ बीचको मापन भएको छ। जसमा काउलुनको १०.१ र चिमसा चोईको ११.८ डिग्री सेल्सियस रहेको छ।
आइतबार बिहान ६ बजे चिसो मौसम चेतावनी जारी गरेको अब्जर्भेटरीले दिउँसो ४:२० मा अद्यावधिक गर्दै सोमबार बिहान अझ चिसो हुने जनाएको छ।
456
Shares

प्रतिक्रिया