हङकङको गङपिङ केबलकार ३ हप्ता बन्द हुने

हङकङको गङपिङ केबलकार ३ हप्ता बन्द हुने

गङपिङ केबलबार मार्चको ४ देखि २४ सम्म बन्द रहनेछ (एनपी३६० डटकम डटएचके)


नेपालखबर
माघ २५, २०८१ शुक्रबार १७:१७, हङकङ

हङकङको गङपिङ केबलबार तीन हप्ता बन्द हुने भएको छ। मर्मतसम्भारका लागि केबलकारको सेवा ४ देखि २४ मार्चसम्म बन्द रहने गङपिङ ३६० ले शुक्रबार घोषणा गरेको हो।

यस अवधिमा केबलकार सञ्चालनमा नआए पनि गङपिङ गाउँ, केबलकार डिस्कभरी सेन्टर र मोसन ३६० सहित अन्य आकर्षण भने खुलै रहनेछन्।

त्यस्तै, मर्मतसम्भारको अवधिमा आफ्नो जन्मदिन परेका एचकेआईडी कार्डधारकले मार्च वा अप्रिलका कुनै पनि दिन आफ्नो ‘फ्रि बर्थडे केबलकार राइड्स’ प्रयोग गर्न सक्नेछन्।

गङपिङ ३६० ले आफ्नो वेबसाइटमा यससम्बन्धी सूचना प्रकाशित गरेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .