किरात राई यायोक्खा प्रज्ञा प्रतिष्ठान हङकङले डा. मंगल चाम्लिङ राई र साहित्यकार राजकुमार राईलाई कदरपत्र प्रदान गरेको छ।
समाजसेवाको क्षेत्रमा हेसेन इन्टरनेसनल युनिभर्सिटी अफ जर्मनीबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका मकाउवासी गीतकार डा. राईलाई विभिन्न संघ/संस्थामार्फत विगत लामो समयदेखि समाजलाई पुर्याएको योगदानको सराहना गर्दै उक्त कदरपत्र प्रदान गरिएको हो।
त्यसैगरी साप्लाबुङ पुस्तकालय अभियानका अभियन्ता तथा साहित्यकार राजकुमार राईलाई गोरखा सैनिक समुदायका विषयमा लेखेका चर्चित उपन्यास ‘किवाहाङ’ का लागि कदरपत्र प्रदान गरिएको हो।
सोही कार्यक्रममा युवा सञ्चारकर्मी दिलिप राईलाई पनि सम्मान गरिएको थियो।

किराया प्रज्ञा प्रतिष्ठानका कुलपति शशीमदन राईको अध्यक्षता र किराया अध्यक्ष गजेन्द्र राईको प्रमुख आतिथ्यमा जोर्डनस्थित जी फिफ्टी रेस्टुरेन्टको सभाकक्षमा भएको कार्यक्रममा ती सर्जकलाई स-सम्मान कदरपत्र प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा किरात राई समुदायका प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। किराया प्रज्ञा प्रतिष्ठान हङकङले आफ्नो समुदायका बौद्धिक कार्य गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने गरेको छ।

Shares

प्रतिक्रिया