हङकङमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन सम्पन्न

हङकङमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन सम्पन्न

बज्रकुमार थुलुङ राई
फागुन ७, २०८१ बुधबार १३:१६, हङकङ

‘इन्ट्रा-नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले नेपालमा  आयोजना गर्ने ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को हङकङ अडिसन सम्पन्न भएको छ।

यही फेब्रुअरी १५ र १६ मा भएको अडिसन जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको थियो।

दुई रियालिटी शोका अडिसन खुसी इभेन्टसकी प्रबन्ध निर्देशक खुसी गुरुङ, संयुक्त डान्स स्टुडियोकी सञ्चालिका सुकु लिम्बु र डिभाइन डान्स स्टुडियोकी संस्थापक सोफिया गुरुङको संयोजनमा सम्पन्न भएको हो।

उक्त अडिसनबाट गायनतर्फ टोपराज तामाङ, डिकेश तामाङ, सौरभ पाख्रिन तामाङ, अनुपकुमार बराइली र बिन्नी लामा राई गरी ५ जना छनोट भएका छन्।

त्यसैगरी नृत्यतर्फ रिस्ता गुरुङ, युविका राना, आयुष्मा राई, दीक्षा गुरुङ र अञ्जली पुन गरी ५ जना छानिएका छन्।

गायनतर्फ यस अडिसनको निर्णायकमा हङकङवासी गायक/गायिका सरला गुरुङ र मनोज गुरुङ रहेका थिए।

त्यस्तै, नृत्यतर्फको निर्णायकमा अमेरिकाबाट आएका नृत्य निर्देशक तथा मोडल शंकर बिसी र हङकङवासी कोरियोग्राफर तथा मिस लिम्बु ब्युटी कन्टेस्टका संस्थापक युगल पोमुले गरेका थिए।

यस अडिसनमा निर्णायक बिसीसँगै आयोजक संस्था ‘इन्ट्रा’का सदस्य रोशन विष्ट, लालबहादुर तिवारी, सोनु तामाङ र अथिराज शिवाकोटी पनि आएका थिए।

अन्तर्राष्ट्रियस्तरको नेपाली सिङ्गिङ तथा डान्सिङ यस रियालिटी शोमा पुरस्कार राशि पनि ठूलै राखिएको छ। दुवै शोका विजेतालाई १ करोड रुपैयाँ पुरस्कार प्रदान गरिने भनिएको छ।

दोस्रो र तेस्रो हुनेलाई क्रमश: २५ र १० लाख रुपैयाँ प्रदान गरिने उल्लेख छ।

‘मेरो डान्स युनिभर्स’अन्तर्गत हरेक एपिसोडको सुरुमा प्रस्तुत गरिने ग्रुप डान्स पनि प्रतियोगितात्मक हुने र विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तृतीय स्थान प्राप्त गर्ने टिमले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने उल्लेख गरिएको छ।

विश्वका विभिन्न ठूला सहरमा अडिसन लिँदै अघि बढिरहेको यस शोको पहिलो संस्करण सन् २०२३ मा सम्पन्न भएको थियो।

विश्वका नेपालीभाषीले निकै चासो र कौतुहलताका साथ हेरिरहेको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन-२ का लागि दीप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान र अञ्जु पन्त निर्णायकको कुर्सीमा  रहने आयोजक संस्थाले बताएको छ।

त्यस्तै, ‘मेरो डान्स युनिभर्स’ सिजन-२ को निर्णायक मण्डलमा मिथिला शर्मा, दीलिप रायमाझी, शिल्पा मास्के, शंकर बिसी, कविराज गहतराज र किरण थापा रहनेछन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .