हङकङ प्रहरीले बसाइको सर्त उल्लंघन गरेको आरोपमा मुख्यभूमिका २४ महिलालाई पक्राउ गरेको छ।
प्रहरीले बताएअनुसार उनीहरूलाई याउचि मङ जिल्लाबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा १७ देखि ५६ उमेर समूहका छन्। अधिकारीहरूका अनुसार सुरुमा चिमसा चोईस्थित एक भवनमा छापा मार्दा १८ देखि ३९ वर्ष उमेर समूहका महिला पक्राउ परेका थिए।
१७ देखि ५६ वर्ष उमेर समूहका बाँकी ११ महिला भने याउमा तेई वरपरबाट पक्राउ परेका हुन्।
उनीहरू सबैलाई बसाइको सर्त उल्लङ्घन गरेको आरोपमा कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धानको लागि हिरासतमा राखिएको छ। (द स्ट्यान्डर्ड)
600
Shares

प्रतिक्रिया