हङकङको काइतक स्टेडियम उद्घाटन कार्यक्रममा प्रस्तुति दिने कलाकारको नाम सार्वजनिक भएको छ।
१ मार्चमा हुने उक्त कार्यक्रममा हङकङ र मुख्यभूमि चीनका स्टारले प्रस्तुति दिनेछन्।
उद्घाटन कार्यक्रममा हङकङका एक्सन चलचित्र स्टार डोनी येन, क्यान्टोपप स्टार युङ, जिन ली, एमसी चेङ, चर्चित गायक-गायिका जर्ज लाम र सली य उपस्थित हुनेछन्। त्यस्तै, मुख्यभूमिका स्टारहरू ली युचुन, क्रिस ली लगायतको उपस्थिति रहनेछ।
यसका साथै उद्घाटनमा समारोहमा खेलाडीहरूले आ-आफ्नो कला प्रदर्शन गर्नेछन्।
जसअन्तर्गत हङकङका ओलम्पिक स्वर्ण पदक विजेता फेन्सर भिभियन कङ, ब्याडमिन्टन जोडी ताङ चुन र चे यिङ सहभागी हुनेछन्।
टेबल टेनिस खेलाडी डु होइ केम र राष्ट्रिय टोलीका टेबल टेनिस च्याम्पियन फ्यान झेन्डोङ अनि ब्याडमिन्टन लिजेन्ड लिन डानले स्टेडियममा आफ्नो कला प्रदर्शन गर्नेछन्।
समारोहमा क्यान्टोपप गायिक जोई युङलगायत अन्य कलाकारको पनि उपस्थिति रहनेछ।
टिकटको मूल्य १० हङकङ डलर
५० हजार सिट क्षमताको रंगशालामा ८ हजार ५ सय सिटका लागि मात्र टिकट बिक्री गरिनेछ। जसको मूल्य प्रतिटिकट १० हङकङ डलर राखिएको छ। संस्कृति, खेलकुद तथा पर्यटन सचिव रोजाना लले बिहीबार उक्त कुरा बताएकी हुन्।
टिकट बिक्रीबाट उठ्ने राजस्व भने गैरनाफामुखी संस्था द कम्युनिटी चेस्टमा जाने भएको छ। (एससीएमपी)
Shares

प्रतिक्रिया