हङकङ : खुलेको आधा घण्टामै सकियो काइताक रंगशाला उद्‌घाटनको टिकट

हङकङ : खुलेको आधा घण्टामै सकियो काइताक रंगशाला उद्‌घाटनको टिकट

काइताक रंगशाला १ मार्चमा उद्‌घाटन हुनेछ (एससीएमपी)


नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १०:३०, हङकङ

हङकङमा काइताक स्पोर्टस् पार्क उद्‌घाटन टिकट खुलेको आधा घण्टाभित्रै ‘सोल्ड आउट’ भएको छ।

५० हजार सिट क्षमताको काइताक रंगशालामा ८ हजार ५ सय टिकट मात्र बिक्रीका लागि राखिएको छ। हङकङ डलर १० मूल्यका यी टिकट शुक्रबार बिहान बुकिङ खुलेको आधा घण्टाभित्रै खरिदकर्ताले किनिसकेका हुन्।

काइताक रंगशाला आगामी १ मार्चमा उद्‌घाटन हुने कार्यक्रम रहेको छ। यस उद्‌घाटन समारोहमा हङकङ तथा चीनका गायन, खेलकुदलगायत विभिन्न विधाका स्टार कलाकारले प्रस्तुति दिनेछन्।

टिकटिङ प्लेटफर्म अर्बटिक्सका अनुसार शुक्रबार बिहान १० बजे अनलाइन बिक्री सुरु हुँदा टिकट किन्न इच्छुक २० हजार भन्दा बढी व्यक्तिको चाप थियो।

खुलेको १५ मिनेटमा तीन सय टिकट मात्र बाँकी थिए भने ३० मिनेट पुग्दानपुग्दै ‘सोल्ड आउट’ भएको थियो।

साउथ चाइना मर्निङ पोस्टले जनाएअनुसार पोस्टका एक रिपोर्टरले १०:१५ मा तीन सय टिकट बाँकी रहेको थाहा पाएका थिए। उनले १०:२२ सम्म टिकट किन्न सकेनन् भने १०:३५ मा प्लेटफर्मले सबै टिकट बिक्री भएको बतायो।

उद्‌घाटन कार्यक्रममा हङकङका एक्सन चलचित्र स्टार डोनी येन, क्यान्टोपप स्टार युङ, जिन ली, एमसी चेङ, चर्चित गायक-गायिका जर्ज लाम र सली य उपस्थित हुनेछन्। त्यस्तै,  मुख्यभूमिका सेलिब्रेटीहरू ली युचुन, क्रिस ली लगायतको उपस्थिति रहनेछ।

यसका साथै उद्‌घाटनमा समारोहमा खेलाडीहरूले आ-आफ्नो कला प्रदर्शन गर्नेछन्।

जसअन्तर्गत हङकङका ओलम्पिक स्वर्ण पदक विजेता फेन्सर भिभियन कङ, ब्याडमिन्टन जोडी ताङ चुन र चे यिङ सहभागी हुनेछन्।

टेबल टेनिस खेलाडी डु होइ केम र राष्ट्रिय टोलीका टेबल टेनिस च्याम्पियन फ्यान झेन्डोङ अनि ब्याडमिन्टन लिजेन्ड लिन डान पनि ‘लाइन-अप’मा छन्।

समारोहमा क्यान्टोपप गायिक जोई युङलगायत अन्य कलाकारको पनि उपस्थिति रहनेछ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .