हङकङमा ताइलाम सुरुङको प्रवेश शुल्क घट्ने

हङकङमा ताइलाम सुरुङको प्रवेश शुल्क घट्ने

ताइलाम सुरुङ (स्रोत: हङकङ सरकार)


नेपालखबर
फागुन १२, २०८१ सोमबार १५:३६, हङकङ

हङकङ सरकारले ताइलाम सुरुङ मार्गको प्रवेश शुल्क (टोल फि) घटाउने भएको छ। ३१ मेदेखि लागु हुने नयाँ शुल्क सबै प्रकारका सवारी साधनमा लागू हुनेछ।

सुरुङको लागि नयाँ टोल शुल्क बिहीबार व्यवस्थापिका परिषद्ले अनुमोदन गरिसकेको छ।

जसअन्तर्गत ३१ मेदेखि निजी सवारी साधनले व्यस्त समय (पिक आवर) मा सुरुङ प्रवेशका लागि हङकङ डलर ४५ मात्र तिर्नुपर्नेछ। जुन हाल ५८ हङकङ डलर छ।

बिहान ९:५९ बजेदेखि साँझ ५:१५ बजेसम्मको कम व्यस्त समय (नन-पिक आवर) मा निजी कारलाई हङकङ डलर ३० शुल्क लाग्नेछ। आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन यो अझ १८ हङकङ डलरमा झर्नेछ।

त्यस्तै, हाल २८ हङकङ डलर तिरिरहेका मोटरसाइकल र मोटरट्राइसाइकल चालकले व्यस्त समयमा १८ तथा कम व्यस्त समय र आइतबार तथा सार्वजनिक बिदाका दिन ७.२० हङकङ डलर मात्र तिरे पुग्नेछ।

ट्याक्सीलाई २८ हङकङ डलर मात्रै तिरे पुग्नेछ। ट्याक्सी चालकले हाल  दिनभरिको निश्चित ५८ डलर तिर्दै आएका छन्।

बस, भ्यान र ट्रकले ४३ डलर तिरे पुग्नेछ। यी सवारीको हकमा अहिले आकारअनुसार ६४ देखि २१३ हङकङ डलरसम्म छ।

ताइलाम सुरुङ (स्रोत: हङकङ सरकार)

यातायात तथा रसद सचिव मेबल चानले विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै सुरुङ प्रवेशको मूल्य घट्नु युनलङ र उत्तरी जिल्लाका बासिन्दाको लागि महत्त्वपूर्ण भनेकी छन्।

‘वैज्ञानिक र ट्राफिक तथ्याङ्कको आधारमा बनाइएका नयाँ टोलले उत्तरपश्चिमी नयाँ क्षेत्र (नर्थवेस्ट न्यु टेरिटोरिज) र सहरी क्षेत्रबीच मानिस र मालसामानको प्रवाहलाई सक्षम बनाउनेछन्,’ बिहीबार जारी प्रेस वक्तव्यमा चानको भनाइ छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार सरकारले ‘एचकेईटोल’ फ्रि-फ्लो टोल सेवा पनि लागू गर्नेछ, जसमा सुरुङ पार गर्दा भुक्तानीको लागि सवारी साधन रोकिनु पर्दैन।

नयाँ टोलले सहरको उत्तरी क्षेत्रका अन्य रुटमा भारी मात्रामा ट्राफिक कम गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ। जस्तै, चुनमुन रोड र टोलो राजमार्गलाई जोड्ने अन्य मार्गहरूमा ट्राफिक घट्ने अपेक्षा सरकारको रहेको छ।

सन् १९९८ मा खोलिएको ताइलाम सुरुङ हाल सनहुङ काइ प्रोपर्टिजको सहायक कम्पनी, रुट ३ (सीपीएस) कम्पनीद्वारा फ्रान्चाइजमा सञ्चालित छ। ३० मेमा फ्रान्चाइज समाप्त भएर सरकारको स्वामित्वमा आउनेछ। (हङकङ फ्रि प्रेस)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .