नेपाली कांग्रेस जनसम्पर्क समिति, हङकङले ९१ वर्षीय प्रजातन्त्रका सेनानी राजमान गुरुङको प्रमुख आतिथ्यमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ।
समितिका सभापति शैलेन्द्रसिंह बोगटीको सभापतित्व र महासचिव खुसी लिम्बुको सञ्चालनमा भएको उक्त कार्यक्रम आइतबार जोर्डनस्थित याक एन्ड यति रेस्टुरेन्टको सभाकक्षमा गरिएको थियो।
हङकङमा रहेका विभिन्न राजनीतिक दलका भातृ संगठनका अध्यक्ष, सामाजिक तथा जातीय संघ/संस्थाका प्रमुख, साहित्यकार, सञ्चारकर्मी तथा आम जनमानसको उपस्थितिमा सम्पन्न भएको सो दिवस निकै भव्यताका साथ सम्पन्न भएको थियो।
कार्यक्रममा प्रवासी नेपाली मञ्च हङकङका अध्यक्ष वसन्त (विपिन) राई, नेपाली प्रगतिशील मञ्चका अध्यक्ष हरि तमु, प्रवासी नेपाली एकता समाजका अध्यक्ष तुलसी उप्रेती, नेपाली सांस्कृतिक महासंघका केन्द्रीय उपाध्यक्ष तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य कृष्णकुमार गुरुङको उपस्थिति थियो।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपालअन्तर्गत हङकङका लागि नियुक्त पर्यटन प्रवर्द्धक प्रकाश पुन, गैरआवासीय नेपाली संघ, केन्द्रीय समिति महिला सचिव राधिका (टीका) गुरुङ, गैरआवासीय नेपाली संघका अध्यक्ष गोकर्ण ढकाल, नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, नेपाली जनसम्पर्क समिति साउदी अरबका सल्लाहकार कुमार कार्की पनि कार्यक्रममा उपस्थित थिए।
यसैगरी, नेपाल चेम्बर्स अफ कमर्स हङकङका पूर्वअध्यक्ष डासुराम पराजुली, जनसम्पर्क समितिका पूर्वसभापति तथा सल्लाहकार कुलप्रसाद गुरुङ, वसन्त श्रीनेट, मीन गुरुङ, काजी गुरुङ, नेत्र पहराईलगायतका व्यक्तित्त्वले कार्यक्रमको शोभा बढाएका थिए।

अतिथिहरूले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वीपी कोइराला र राष्ट्रिय प्रजातन्त्र दिवसको इतिहास र महत्त्वबारे प्रकाश पारेका थिए।
आयोजक समितिका उपसभापति ओम गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ज्ञात/अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै राष्ट्रिय गीत बजाइएको थियो।
Shares

प्रतिक्रिया