हङकङमा पाथीभरा केबलकारबारे पत्रकार सम्मेलन

हङकङमा पाथीभरा केबलकारबारे पत्रकार सम्मेलन

‘नो केबलकार’ आन्दोलनलाई समर्थन जनाउन हङकङमा गरिएको पत्रकार सम्मेलन


बज्रकुमार थुलुङ राई
फागुन १८, २०८१ आइतबार १०:५१, हङकङ

ताप्लेजुङको मुकुम्लुङ (पाथीभरा)मा भइरहेको ‘नो केबलकार’ आन्दोलनलाई समर्थन गर्न हङकङमा किरात याक्थुङ चुम्लुङको संयोजकत्वमा पत्रकार सम्मेलन गरिएको छ।

मंगलबार गरिएको सम्मेलनमा यहाँस्थित नेपाली आदिवासी जनजाति महासंघका महासचिव तिलक सोमै मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष शम्शेर तुम्बाहाम्फे, मुन्धुम अध्ययन प्रतिष्ठानका अध्यक्ष भूपेन्द्र चेम्जोङ, याक्थुङ मौलिक संस्कार उत्थान संघका अध्यक्ष हस्त बरुङहाङ, याक्थुङ मुन्चइत चोक सयङका अध्यक्ष रविनकुमार नाल्बो, हाक्पारे पालम सयङका उपाध्यक्ष भीमप्रसाद तुम्बाहाम्फे, याक्थुङ आर्टिस्ट सोसाइटीका अध्यक्ष श्याम इङनाम, संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष हरिश लावती र एक नम्बर प्रदेश पुननामाङ्कन संघर्ष समितिका संयोजक नवराज कन्दङवाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गरिएको थियो।

पत्रकार सम्मेलनमा नाराबाजी गरिँदै

सो विज्ञप्तिमा ‘... स्थानीय सरोकारवालादेखि संसद्‌-सदन हुँदै राष्ट्रिय/अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरूको समेत विरोध भइरहेको तथ्य अवगत हुँदाहुँदै... विभिन्न मितिमा संरक्षणवादीहरूमाथि जनपद र सशस्त्र प्रहरी बलको घेराभित्रबाट भिजिलान्ते प्रयोग गरी घरभित्रै पसेर निर्मम कुटपिट गर्दै बेहोस बनाई बेपत्ता पारिएकोप्रति घोर निन्दा र भत्सर्ना  गर्दछौं।’

उक्त सम्मेलनमा मुकुम्लुङ (पाथिभरा)मा निर्माणाधीन केबलकारविरोधी नाराहरू पनि लगाइएको थियो। सो क्षेत्रमा आन्दोलन सुरु भएदेखि नै हङकङमा पनि सरोकारवाला संघसंस्थाले बौद्धिक बहस, छलफल, अन्तरक्रिया र नाराबाजी पनि गर्दै आएका छन्।

सरोकारवालाहरूले मुक्कुमलुङ केबलकार निर्माण खारेज गर, प्रहरी दमन बन्द गर, मुक्कुमलुङ क्षेत्रबाट सशस्त्र प्रहरी फिर्ता गर, घाइतेहरूलाई क्षतिपूर्ति दे, हाम्रो आन्दोलन जारी छ, हाम्रो एकता जिन्दावाद लगायतका नारा लगाउने गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .